नेप्सेमा सामान्य गिरावट, ७ वटा उपसमूह परे हरियो सूचीमा

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । साताको कारोबार हुने पहिलो दिन आईतबार नेप्से ओरालो लागेको छ । अघिल्लो सातामा पनि लगातार ओरालो लागेको शेयर बजारमा आज पनि ओरालोको यात्राले निरन्तरता पाएको छ । नेप्सेमा सामान्य गिरावट देखिएको छ ।

नेप्से परिसूचक १.३८ अंकले घटेको छ । यसरी घटेको नेप्से २६८८.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंकले बढेर ५०२.४४ विन्दुमा रहेको छ ।

कुल २३० वटा कम्पनीको कारोबार भएको छ । उनीहरुको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी ६ उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

आजको कारोबारमा पनि महालक्ष्मी विकास बैंक अब्बल देखिएको छ । बैंकको २७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ ।

बोटलर्स नेपालको शेयरमूल्यमा सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी तथा मानुषी लघवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।