
काठमाडौं, २९ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गरिएको थियो ।
प्राज्ञसभा सदस्य शशी लुमुम्बुका अनुसार बैठकले वरिष्ठ साहित्यकार डा तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेश शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता दिने निर्णयको अनुमोदन गरिएको छ ।
डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णय पनि अनुमोदन भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




