ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भईरहेको आरोह अवरोहको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

छपावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छपावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा १० रुपैयाँले बृद्धि भएको छ । यसरी बढेको चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबा भएको थियो ।