
काठमाडौं, १ मंसिर । साताको कारोबार हुने चौथो दिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक संगसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्सेमा आएको सकारात्मक लयको कारण लगानीकर्ताहरुको उत्साह बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतको बृद्धि देखिएको छ भने सेन्सेटिभ इण्डेक्स ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेको छ ।
कुल २२४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्य ७ वटामा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । बाँकी ६ वटामा रातोको लागेको छ । उनीहरुको शेयर घटेको छ ।
करोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको ५८ करोड ६८ लाख ६२ हजार ९५५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ । दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर तामाकोशी र पञ्चकन्या माइ हाइड्राेपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे। पञ्चकन्या माईको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८८ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै अपर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५ रुपैयाँ ४० पैसा पुगेको छ ।
तेह्रथुम पावर कम्पनी लिमिटेड तथा मानुषी लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । नेपाल बङ्गलादेश बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




