फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ मंसिर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ । संस्थाको संचालक समितिको बैठकले निर्णय गरेअनुसार मंसिर १६ गते वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा काठमाडौं भाटभेटीस्थित आम्रपाली ब्यांकेटमा पूर्वान्ह ११ बजे बोलाईएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर ५ गते बुक क्लोज गरेको जनाएकाे छ । मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् भने लाभांश प्राप्तिकाका लागि योग्य मानिने भएका छन् ।

साधारण सभाले आर्थिक वर्ष २०७७/२०७८ का लागि संचालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांशलाई पारित गर्नेछ । जस्मा १० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

साधारण सभाबाट चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ रहेकोमा यसमा बृद्धि गरेर ९६ करोड ४४ लाख ९२ हजार ४०० पुर्याउने विशेष प्रस्तावलाई पारित गरिने भएको छ ।

सभाले प्रवन्धपत्र, नियमावली संशोधन, आर्थिक वर्षको प्रतिवेदन लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्नेछ ।