
काठमाडौं, ३ मङ्सिर । दोलखाको वैतेश्वर गाउँपालिका–३ मैनापोखरीका जीवेश दाहाल संयुक्त अरब इमिरेटमा काम गर्छन् । देशभित्र रोजगारीको अवसर नपाएपछि विदेशिनु भएका दाहालले आईएमई मार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाए । उनका लागि यो नियमित प्रक्रिया जस्तै थियो । दुःख गरेर कमाएको पैसा सहजै घर परिवारमा पुगोस् भन्ने मात्रै चाहना थियो ।
आईएमईले हरेक वर्षजस्तै यसवर्षको चाडपर्वका अवसरमा समेत ‘आईएमई डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । सोही क्रममा आईएमईले प्रविधिमा आधारित ‘लक्की ड्र’ ग¥यो । त्यसमा सार्वजनिक गरिएको नतिजाअनुसार आईएमईका सेवाग्राही दाहाल विजेता छनोट भए । त्यसपछि उनले भने, मेराे त भाग्यनै चिम्कयाे ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरिन । बम्पर पुरस्कारमा दाहालले पठाएको रकमको आठ गुणा बढी प्राप्त गरे । त्यो भनेको रु १२ लाख ५२ हजार बराबरको रकम रहेको आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताए । उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले विप्रेषणलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले अहिले विप्रेषणको अधिकांश हिस्सा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै त्यसलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
“आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,” उनले भने ।
आईएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणका समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको जानकारी दिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



