
काठमाडाैं, ३ मंसिर। नेपाल बंगलादेश बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बैंकको बिहीबार सम्पन्न वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन्।
उक्त निर्वाचनमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।
सोही सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको कुल १५.५ प्रतिशत लाभांश पारित गरेको छ। जसमा सेयरधनीले १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश पाउने छन्। हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




