ह्वात्तै घट्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित



कठमाडौं, ५ मंसिर । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ७०० तथा चाँदीमा १५ रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ७०० ले गिरावट भई प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १५ ले गिरावट भई प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउमा भईरहने फेरबदलको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने गरेकाे बताएको छ ।