शेयर बजारमा दोहोरो अंकको गिरावट, मौद्रिक नीतिको समिक्षा पर्खिदै लगानीकर्ता

-



     सफल आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । साताको कारोबार हुने पहिलो दिन आईतबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षापछि कस्तो सन्देश प्रवाह गर्छ त्यसको पखाईमा रहेका छन् । बै‌कले यसै साता माैद्रिक नीतिकाे समिक्षा गर्ने यसअघिनै बताइसकेकाे हाे ।

१३ उपसमूहमध्य ११ वटा राताम्मै भएका छन् । बाँकी २ वटामा हरियो लागेको छ । नेप्सेमा दोहोरो अंकको यो गिरावटले फेरि आज लगानीकर्ताको मन खिन्न बनाएको छ भने कारोबार रकममा पनि गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेर ५१९.२५ विन्दुमा रहेको छ ।

कुल २२५ कमम्पनीको शेयर कारोबार भएको छ । ७८ लाख ९४ हजार ४६८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्य २ वटा मा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी रहेका ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।