नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य आज नेप्सेमा समायोजन भएको छ । नेप्सेमा बैंकको संकेत एनआइबी रहेको छ ।बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जमा शेयरमूल्य समायोजन भई नयाँ शेयरमूल्य कायम गरिएको हो ।

बैंकको नेप्सेमा १२.६१ प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजन भएपछि शेयरमूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अघिल्लो कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरेको जनाएको छ । बैंकको पछिल्लो पटकको शेयरमूल्य ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले यहि मंसिर १७ गते काठमाडौं दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा ३५ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकका अनुसार सभामा अनलाइनमार्फत सहभागि हुन सकिने भएको छ ।

साधारण सभामा बैंक संचालक समितिले प्रस्ताव गरेको १५.९९९ प्रतिशत लाभांश वितणको प्रस्तावलाई पारित गरिने । जसमा चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ३.३८९ नगद लाभांश रहेको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने, गाभिने तथा प्राप्तिका लागि कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, शेयरधनीहरुबाट ४ संचालकको चयनलगायतका प्रस्तावलाई पारित गर्ने भएको छ ।