
काठमाडौं, ६ मंसिर । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार शेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा ७.९० अंकको बृद्धि भएपनि कारोबार रकममा खासै सुधार भएन । ८ उपमसूहमा हरियो लागेको छ भने ५ वटा उपसमूहको शेयर घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ७.९० अंकले बृद्धि भएर २७६५.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२९ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा पुगेको छ ।
कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ७५ लाख ६५ हजार ५१० कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
केहि दिन करेक्सन देखिएको नेप्सेमा सोमबार ८ उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ । यस्तै ५ उपसमूहमा भने रातो लागेको छ उनीहरुको शेयर घटेको छ ।
कारोबारको आधारमा आज पनि सबैभन्दा अब्बल महालक्ष्मी विकास बैंककाे काराेबार भएकाे देखिएको छ । बैंकको ३४ करोड ४१ लाख २५ हजार ५०२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



