नेप्सेमा बृद्धि हुँदा, सेन्सेटिभ इण्डेक्समा आयो गिरावट

-



     सफल आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार शेयर बजारमा फरक दृश्य देखा परेको छ । नेप्से परिसूचक बढेको छ भने सेन्सेटिभ इण्डेक्स घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८९ अंकले बढेको छ । यसरी बढेको नेप्से २७३५.०० विन्दुमा उक्लेको छ । नेप्सेमा ०.०७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंकले घटेर ५१५.१९ विन्दुमा झरेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । ७४ लाख ४५ हजार २२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ३ वटा उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । बाँकी १० उपसमूहमा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ ।

बैंकिङ, व्यापार र जीवन बीमा समूहको शेयर घटेको छ । होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।

कारोबारको आधारमा यसदिन पनि सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।