
काठमाडौं, १० मंसिर । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ तलमाथि देखिएको छ । छापावाला सुनमा फेरि बृद्धि भएको छ भने चाँदीमा सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा सामान्य ५ रुपैयाँले घटेको छ ।
महासंघले यसदिनका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ । सोहि भाउको आधारमा नेपाली बजारमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार तेजाबी सुन ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ सामान्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




