
काठमाडौं, १२ मंसिर । साताको शेयर कारोबार हुने पहिलो दिनमै आईतबार आज लगानीकर्ताहरुले पहिलो गासमै ढुंगा लागेको अनुभूति गरेका छन् । शेयर बजार राताम्मै भएको छ । फेरि एक पटक उनीहरुले सोच्न वाध्य भएका छन् कि शेयर बजार कहिले लयमा फर्किएला ?
नेपाल राष्ट्र बैंकले गएको शुक्रबार चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको थियो । लगानीकर्ताले त्यसैको असर शेयर बजारमा परेको आकलन गरेका छन् ।
मौद्रिक नीतिको त्रैमासिक समिक्षामा राष्ट्र बैंकले सिडी रेसियोमा लचिलोपन देखाएको छ । सिडि रेसियो ९० प्रतिशत कायमै राखिएको छ । कर्जा निक्षेपको अनुपात २०७९ असारको अन्त्यसम्म तोकिएको सीमामा रहेर कायम गर्नुपर्ने । त्यो संचालक समितिले स्वीकृत गरी राष्ट्र बैंकमा पेश गरेर कार्यान्वयनमा गएको हुनुपर्नेछ । यसो भयो तरलता अभाव नहुने र सिडि रेसियो कस्सिने अवस्था नआउने राष्ट्र बैंकले बताएको छ ।
समिक्षा अवधिमा शेयर कर्जामा ताेकेकाे सिमा ४/१२ को नीतिमा परिवर्तन भएको छैन । यसका बारेमा लगानीकताले परिवर्तन होला भनेर आशा गरेको भएपनि यतावत् रहेको छ ।
नेप्सेपरिसूचक ८०.२९ अंकले घटेको छ । सेन्सेटिभ इण्डेक्स १४.१९ अंकले घटेको छ । सम्पूर्ण उपसमूह राताम्मै भएका छन् भने उनीहरुको शेयर घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेको छ । नेप्सेमा २.९४ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा पुगेको छ ।
यसदिन कुल २३४ कम्पनीको शेयर कारोबार भएको देखिएको छ । १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ उपसमूहको १.९३ प्रतिशतले घटेको छ । व्यापारतर्फ ५.३७ प्रतिशत, होटल तथा पर्यटनतर्फ ४.३२ प्रतिशत, विकास बैंकतर्फ ५.११ प्रतिशतले घटेको छ ।
हाइड्रोपावरतर्फ ४.२१ प्रतिशत, फाइनान्सतर्फ २.६६ प्रतिशत, नीर्जिवन बीमातर्फ ३.१८ प्रतिशत, उत्पादनतर्फ ३ प्रतिशले घटेको छ ।
यस्तै अन्य उपसमूहतर्फ ३.१६ प्रतिशत घट्दा फाईक्रोफाइनान्सतर्फ २.६५ प्रतिशत, जीवन बीमातर्फ ३.६६ प्रतिशत, म्युचुअल फण्डतर्फ १.४३ प्रतिशत र लगानी उपसमूहतर्फ ३.३० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।










त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




