घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । साताको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ घटेको छ । चाँदीकाे भाउमा भने सामान्य बृद्धि भएको छ ।

यसदिन छापावाला सुनको भाउमा रुपैयाँ १०० ले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आईतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।