
ब्रसेल्स १३ मङ्सिर । युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा तालिबानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ । युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको आइतबार इयुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘वार्ताले अन्तरिम (तालिबान) सरकारको इयुद्वारा मान्यतालाई संकेत गर्दैन तर यो इयु र अफगान जनताको हितमा इयुको परिचालन संलग्नताको हिस्सा हो ’ इयु युरोपेली बाह्य कार्य सेवा (इइएएस) ले आफ्नो विज्ञप्तिमा भनेको छ । तालिवान प्रतिनिधिमण्डलको नेतृत्व अन्तरिम विदेशमन्त्री अमिर खान मुताक्कीले गर्नु भएको थियो । साथै शिक्षा र स्वास्थ्यका अन्तरिम मन्त्रीहरू, केन्द्रीय बैंकका कार्यवाहक गभर्नर र विदेश, अर्थ र आन्तरिक मन्त्रालयका अधिकारीलगायत र अन्य अधिकारीहरु रहेका जनाइएको छ ।
इयु पक्षको नेतृत्व अफगानिस्तानका लागि इयुका विशेष दूत टोमस निकल्सनले गर्नु भएको थियो । इइएएस र मानवीय सहायता, अन्तर्राष्ट्रिय साझेदारी, र आप्रवासन नियन्त्रण गर्ने युरोपेली आयोगको सेवाका अधिकारीहरु रहेका जनाएको छ ।








कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…
काठमाडौं, ८ मंसिर। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको…
महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको… 




