सुनचाँदीको भाउ निरन्तर ओरालो लाग्दै

-



     सफल आवाज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । सुनचाँदीको भाउ लागातार ओरालो लागेको छ । मंगलबार पनि घटेर कारोबार भएको सुनचाँदीको भाउ साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि घटेको छ ।

छापावाला सुन यसदिन रुपैयाँ ४०० ले घटेको छ भने चाँदी न्यून ५ रुपैयाँले घटेर काराेबार हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकेको जनाएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।