ओरालो लागेको निक्षेपमा सुधार, एकै दिनमा २ अर्बको बृद्धि

-



     सफल आवाज    
     मंसिर १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार हुन थालेपछि ओरालो लागिरहेको निक्षेप बढ्न लागेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ४७ खर्ब ९५ अर्ब पुगेको छ । मंसिर १५ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रहेको छ । एकै दिनमा निक्षेपमा २ अर्बको बृद्धि भएको पाइन्छ ।

राष्ट्र बैंकका अनुसार मंसिर १६ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८१ अर्ब पुगेको देखिन्छ । मंसिर १५ सम्म कुल कर्जा लगानी ४५ खर्ब ७९ अर्ब पुगेको देखिन्छ । यसदिनमा कर्जा लगानी अर्बले बढेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप एकैदिनमा १ अर्ब रुपैयाँ बढेको पाईएको छ । मंसिर १५ गतेसम्म ४२ खर्ब २७ अर्ब रुपैयाँ थियो भने मंसिर १६ गतेसम्म ४२ खर्ब २८ अर्ब पुगेको पाईन्छ । मंसिर १५ गते निक्षेपमा १ अर्बको बृद्धि भएको थियो । वाणिज्य बैंकहरुमा यसदिन कर्जा लगानीमा १ अर्बको बृद्धि देखिन्छ भने कुल कर्जा लगानी ४० खर्ब ६७ अर्बमाथि ४० खर्ब ६८ अर्ब पुगेको छ ।

राष्ट्र बैंकले मंसिर १६ गतेसम्म सिडि रेसियो ९०.८८ जनाएकाे छ । मंसिर १५ मा औसत सिडि रेसियो ९०.८८ प्रतिशत नै रहेको थियो । अन्तरबैंकको ब्याजदर भने ४.९७ प्रतिशतले घटेर ४.९६ प्रतिशतमा ओर्लिएको छ ।