ह्वात्तै बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     मंसिर १९ गते २०७८ मा प्रकाशित



कठमाडौं, १९ मंसिर । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । सुनको भाउमा एकैदिन ७०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ यसदिन एकैपटक रुपैयाँ ७०० ले बृद्धि भएर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन १० रुपैयाँले बढेको छ । यसरी बढेको चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा काराबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।