माैद्रिक नीतिकाे प्रभाव जीवितै, नेप्सेमा उच्च अंकको गिरावट

-



     सफल आवाज    
     मंसिर १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । अब त लयमा फर्किएला कि भन्ने आशा गरिहेको बेलामा फेरि सेयर बजार नकारात्मक लयमा देखिएपछि लगानीकर्ताहरुको मनोवल खस्केको छ ।

नेप्सेमा ७२.३० अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से २५१३‍.८८ विन्दुमा झरेको छ । नेप्सेमा २‍‍‍‌‍.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ परिसूचक १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा पुगेको छ ।
कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ८९ लाख २० हजार ८९४ कित्ता सेयरको कारोबारबाट ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहरु यसदिन राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बिमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बिमा, म्युचुअल फण्ड र लगानी उपसमूहको सेयर घटेको हो ।
कारोबारको आधारमा नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २८ करोड ६२ लाख ८४ हजार २५५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।‍‍‍‍‍‍‍‌‍‍‍‌