लाभांश पारित गर्न सनराइज बैंकले बोलायो साधारण सभा

-



     सफल आवाज    
     मंसिर १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । सनराइज बैंकले लाभांश वितरणको प्रस्ताव पारित गर्न पुसको १५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा काठमाडौं बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा बिहान साढे १० बजे बोलाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्येनजर गर्दै साधारण सभा अनलाइनमार्फत् गर्न लागिएको छ ।

बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस तथा त्यसको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लभांशसहित ७ प्रतिशत लाभांश वितरणको प्रस्तावालाई पारित गरिने भएको छ ।

सभाले उपयुक्त लागेका बैकसंग गाभ्ने, गाभिने तथा प्राप्तिका लागि कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने भएको छ । यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका आर्थिक प्रतिवेदनामाथि छलफल गरी पारित गरिने भएको छ ।

साधारण सभालाई मध्येनजर गरेर बैंकले पुस ४ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । पुसको ३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।