
काठमाडौं, १९ मंंसिर । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गगत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यही क्रममा बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर वितरण गरेको छ ।
ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई रु २५ हजारको सहयोग गरेको छ । ईलाका प्रहरी कार्यलय डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका लागि रु १० हजार आर्थिक सहयोग गरेको छ । मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाँउपालिका वडा नं ६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १ लाख सहयोग गरेको छ ।
यी सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ । बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्ने ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएकाे छ ।
मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) जस्ता सेवाहरु भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




