सोमबार सुन र चाँदीको भाउ स्थिर, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर । अघिल्लो दिन ह्वात्तै बढेको छापावाला सुनको भाउ साताको कारोबार हुने दोश्रो दिन सोमबार स्थिर रहेको छ । यसरी स्थिर रहेको सुन र चाँदीको कारोबार आईतबारकै भाउमा भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा यसदिन छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि छापावाला सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि यसदिन स्थिर रहि प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।