सेयर बजारमा हरियाली, मेरो माइक्रोफाइनान्सको सेयरमा सर्किट

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकले बढेको हो । सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर दुई हजार ५४६.०८ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६३ अंकले बढेर ४८०.९७ अंकमा पुगेको हो ।

आज २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा खरिद बिक्री भएको हो । त्यस्तै आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत सबै उपसमूहको सेयर उकालो लागेको छ ।

बैंकिङ १३, व्यापार ३.८८, होटल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत ८२.५३, वित्त ५७.८७, निर्जीवन बिमा समूह २६.०९ अंकले बढेको छ । त्यस्तै उत्पादनमुलक ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बिमा १२३.२, सामुहिक लगानी कोष ०.०१ र लगानी समूहअन्तर्गतको सेयर ०.६८ अंकले बढेको हो ।

आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै इडीबीएलको सेयर ९.५५ प्रतिशतले बढेर सर्किटको लेभलमा कारोबार भएको छ ।