नेपाल बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल बैंकको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

बैंकको १४ प्रतिशत बोनस सेयर समायोजन गरिएको छ । सेयर मूल्य समायोजनपछि सेयर मूल्य ३७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अघिल्लो दिन कारोबार भएको अन्तिम मूल्यलाई आधार बनाई सेयर मूल्य समायोजन भएको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४३१ रुपैयाँ ७० पैसामामा कारोबार भएको थियो ।

बैंकको साधारण सभा पुस २ गते आव्हान गरिएको छ । सभाले १७ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नेछ । चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १७ प्रतिशत रहेको छ ।

बैंकको ६२ औं साधारण सभा पुस २ गते काठमाडौं धर्मपथस्थित प्रधान कार्यालयमा आव्हान गरिएको छ । सभामा लाभांश वितरणको प्रस्ताव, बोनस वितरपछि हुने चुक्ता पुँजीको बृद्धि र सोअनुसारको प्रवन्धपत्र, नियमावली संशोधन, लेखापरीक्षकको नियुक्ति र प्रतिवेदनहरुमाथि छलफल गरिपारित गरिने भएको छ ।