
काठमाडौं, २१ मंसिर । साताको सेयर कारोबार हुने तेस्रोे दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेपछि नकारात्मक लयमा गएको सेयर बजारमा सोमबार हरियाली छाए पनि त्यसको भोलिपल्टै आज ओरालो लाग्दा लगानीकर्ताको उत्साहलाई घटाएको छ ।
आज व्यापार उपसमूह २१.५३ अंकले बढेको छ भने म्युचुअल फण्ड ०.८२ अंकले बढेको छ । बाँकी ११ वटै उपसमूहरु राताम्मै भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार ५०८.९० विन्दुमा झरेको छ । नेप्से १.४६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ विन्दुमा पुगेको छ ।
कुल २३१ कम्पनीको सेयर कारोबार भएको छ । ८३ लाख ३० हजार ९३ कित्ता सेयरको खरिद बिक्रीबाट तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको कारोबार भएको छ । सो बैंकको १२ करोड ३६ लाख ४७ हजार ८ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




