
काठमाडौं, २१ मंसिर । साताको तेस्रो दिन मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.१८ अंकले घटेर दुई हजार ५०८.९० अंकमा झरेको छ ।
आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार तीव्र उतारचढावपछि ३२ अंकले बढेको थियो । आज ठूला कम्पनी कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८६ अंकले घटेको छ । दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा किनबेच भएका छन् ।
बजार सुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । त्यसपछि भने लगातार घट्न थालेपछि बजार बन्द हुँदासम्म ३७ अंक माइनसमा गयो । आजको कारोबारमा सामुहिक लगानी कोष र व्यापार समूहबाहेक सबै उपसमूहहरु ओरालो लागे ।
मंगलबार फाइनान्स र विकास बैंकका सेयरधनीहरु सबैभन्दा बढी गुमाएका छन् । फाइनान्स समूह ४.८६ प्रतिशतले घट्दा विकास बैंक पनि करिब तीन प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.७९, होटल तथा पर्यटन १.६२, जलविद्युत २.५४, निर्जीवन बिमा १.४३, उत्पादनमुलक १.५६, अन्य २.८४, लघुवित्त १.४७, जीवन बिमा ०.५५ र लगानी समूह ०.९४ प्रतिशतले घटेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



