
काठमाडौं, २२ भदौ । नेपालमा सोमबार ९ सय ७९ जना थप संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो सहित हाल नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
उनका अनुसार सक्रिय संक्रमितको संख्या भने १६ हजार २ सय ५९ मात्र छ । गएको २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको थियो। यस्तै, १ हजार ७ सय ३६ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन् । कुल निको हुने संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।
यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ठिक ३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




