नेपालमै अटो एसेम्बलिङ उद्योग नखोलेसम्म समृद्धि आउँदैन : अर्थमन्त्री शर्मा

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै अटो एसेम्बलिङ उद्योग नखोलेसम्म समृद्धि नआउने बताएका छन् ।

नाडा अटो मोबाइल एसोसियसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री शर्माले अटो मोबाइल व्यवसायीले नेपालमै सवारीसाधन उत्पादन गर्न स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् ।

साधारणसभाको शुभकामना व्यक्त गर्दै उनले नाडाको भूमिका बदल्न चाहेको बताए । नाडाले राजस्वमा २५ प्रतिशत योगदान घटाउन चाहे सहयोग गर्ने र अटो उद्योग स्थापनाको लागि जग्गा, विद्युत सहज उपलब्ध गराउन सक्ने अर्थमन्त्री शर्माको भनाई छ ।

‘उद्योग स्थापनाको लागि सुविधा माग गर्न आउनेलाई मन्त्रालयमा स्वागत गर्छु,’ शर्माले भने शर्माले भने, ‘राम्रा नीतिगत कुरामा स्थिरता दिनु पर्नेमा जोड दिँदै नीतिगत सिफ्ट गर्दा केही थेग्न सक्नुपर्छ ।’