
काठमाडौं, २३ मंसिर । साताको सुन र चाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुन र चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको कारोबार बुधबारकै भाउमा भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार पनि छापावाला सुन सोहि भाउका खरिदबिक्री भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




