
काठमाडौं, २४ मंसिर । शुक्रबार सुनचाँदीको कारोबार हुने साताको छैटौं दिन हो । बुधबार र बिहिबार स्थिर भाउमा खरिदबिक्री भएको सुनचाँदीको भाउमा भने यसदिन गिरावट आएको छ ।

छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ १०० ले गिरावट भई प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा १५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




