थप २५९ जनामा संक्रमण, ३३७ जना निको भए

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै ६ हजार ४७२ जनाको पीसीआर परीक्षण र चार हजार १५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । नेपालमा हाल पाँच हजार ९९७ जना सक्रिय संक्रमित छन् । ३३७ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा मात्रै १२८ संक्रमित थपिएका छन् ।