
काठमाडौं, २६ मंसिर । प्रभु इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बिमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको हो ।
कृषि तथा पशुपन्छी बिमा निर्देशिका, २०७७ बमोजिम बिमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ र स्याङ्जामध्ये कम्पनीले मुस्ताङ, म्याग्दी र बागलुङमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो ।
कम्पनीले यही मंसिर २२ गतेदेखि २४ गतेसम्म स्याङ्जामा सञ्चालित तालिम समापन तथा प्रमाण-पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बिमा समितिबाट जारी भएको निर्देशिकाअनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको र तालिमको कारण बिमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने बताए ।
कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जनाभन्दा बढी क्षति मूल्यांकनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बिमाको क्षति मूल्यांकन तथा दाबी भुक्तानीमा सहज हुने बताए ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




