
काठमाडौं, २६ मंसिर । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर दुई हजार ३६१.२७ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.१५ अंकले घटेर ४५०.०८ अंकमा झरेको छ ।
आज २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँको किनबेच भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरु ओरालो लागेका छन् । आज सबैभन्दा बढी व्यापार र विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
व्यापार समूह ७.४५ प्रतिशतले घटेको छ भने विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ६.४१ प्रतिशत गुमाएका छन् । बैंकिङ २.६६, होटल तथा पर्यटन २.९६, जलविद्युत ४.५२, वित्त ४.६५, निर्जीवन बिमा ४.५३, उत्पादनमुलक ३.२९, अन्य ३.२९, लघुवित्त ३.७४, जीवन बिमा ३.८८, सामुहिक लगानी कोष १.३६ र लगानी समूहअन्तर्गतको सेयर ४.१४ प्रतिशतले घटेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




