अमेरिकामा कोरानाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

-



     सफल आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित



काठमाडौ, २७ मंसिर । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।

समाचार संस्था रोइटर्सका अनुसार अमेरिकामा आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको हो ।

अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर, पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।