
पोखरा, २७ मंसिर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २६ गते नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । संस्थाको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाबाट संस्थाले प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।
सभाले आथिर्क वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ प्रतिशतले हुन आउने रकम ६१ लाख ८ हजार ३ सय १७ रुपैयाँ ७६ पैसा बराबर नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) र २१.५० प्रतिशतले हुन आउने रकम ११ करोड ६० लाख ५८ हजार ३७ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने भएकाे छ ।
सभा प्रयोजनका लागि संस्थाले पुस ९ गतेदेखि पुस २६ गते सम्म बुक क्लोज गर्ने भएको छ । यसको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




