
काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा व्यक्त बिचार यतिबेला आलोचनाको तारो बनेको छ । प्रचण्डले हिजाे “धितोपत्र बोर्ड, साम्राज्यवादको विकसित रुप” भनेर एक कार्यक्रममा बिचार व्यक्त गरेपछि उनी आलोचनाको तारो बनेका हुन ।
प्रचण्डको उक्त अभिव्यक्तिको विवेकशील साझा पार्टीले आलोचना गर्दै उनको भनाई गैह्रजिम्मेवारीपूर्वक आएको र अनुत्तरदायी भएको बताउँदै खेद व्यक्त गरेको छ ।
वर्तमान सरकारमा प्रचण्डको पार्टी पनि सामेल छ र उनको पार्टीका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् । दुईदुई पटक सरकारको नेतृत्व गरिसकेका व्यक्तिले दिएको अभिव्यक्ति असहिष्णु रहेको जनाईएको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी पूँजी बजारको बारेमा, बजारको अवश्थालाई नबुझेर, बोल्दा के कस्तो असर पर्छ भनेर त्यसकाे ख्यालै नगरी बोल्नु भनेको राजनीतिक नेतृत्वमा भएको अल्पज्ञान र संकुचित सोचाई रहेको जनाएका छन् ।
शेयर बजारलाई उस्कै लयमा जान दिनुपर्ने विवेकशील साझा पार्टीले बताएको छ । यो दुर्घटनामा परेको खण्डमा अर्थतन्त्र नराम्ररी प्रभावित हुन्छ, त्यसैले प्रचण्डले व्यक्त गरेको कुरालाई सच्याउनु पर्छ र उनी जिम्मेवार बन्नुपर्छ, बिज्ञप्तिमा भनिएको छ ।
पूँजी बजारका नियमनकारी निकायहरु नेतृत्वबिहिन भएका छन् । त्यहाँ नीतिगत कार्य गर्नका लागि अफ्ठेरो भई रहेको छ । जस्को कारण बजारले आफ्नो सकारात्मक गति लिन सकेको छैन ।
विवेकशील साझा पार्टीले छिटो सेबोनको अध्यक्ष र नेप्सेमा कार्यकारी प्रमुखलाई नियुक्त गर्न माग पनि गरेको छ ।








त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




