पोखरामा कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित




पोखरा, २३ भदौ । पोखरामा कोरोना संक्रमणबाट थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–१० निवासी ७३ वर्षीया महिला हुन् ।

कोरोना संक्रमण भई सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना भएकी ती महिलाको मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा उपचारक्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले उनको मृत्युको पुष्टि गर्दै सो अस्पतालमा उपचारक्रममा मृत्यु हुने उनी नवौं संक्रमित भएको बताएका छन् ।

यो सहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।