
काठमाडौं, २८ मंसिर । साताको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन सोमबार स्थिर रहेको भाउ यसदिन भने बढेको छ ।

छापावाला सुनमा मंगलबार रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा खरिदबिक्री भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीमा यसदिन रुपैयाँ २० ले बृद्धि भई प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।








त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड… 




