
पोखरा, २८ मंसिर । ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मंगलबार पोखरामा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत गण्डकी प्रदेशका मुख्य व्यापारिक तथा ग्रामिण क्षेत्रहरुमा बैंकिङ साक्षरता कार्यक्रम जारि रहेको गण्डकी प्रदेश कार्यालयका प्रमुख महेश सिलवालले बताए ।
कार्यक्रमको सहजकर्ता रहेका सिलवालले ग्लोबल आइएमई र्बैकको हालको कूल निक्षेप दुई सय ८३ अर्ब, कुल कर्जा दुई सय ४३ अर्ब साथै चुक्तापुँजी २१ सय ६३ अर्ब रहेको समेत वताए ।
बैंकका नियमित ग्राहक, प्रतिष्ठित व्यवसायी, व्यवस्थापन अध्ययनरत विद्यार्थी एवं बैंक कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल, शाखा प्रमुखहरु अर्जुन पौडेल, अरुण भाट, मन्दिप वराल लगायतले सबैका लागि बैंकको रुपमा उत्कृष्ठ सेवा दिने बैंकको प्रतिवद्धता अनुरुप बैंकले विभिन्न सेवा सुविधाहरु प्रदान गरेको बताएका थिए ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




