थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको निधन

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा २८० जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनामा परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा ६ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले देशभर पाँच हजार ६३५ जना सक्रिय संक्रमित छन् ।