
काठमाडौं, १ पुस । पुस महिनाको पहिलो दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनमा एकैदिन ७०० रुपैयाँ र चाँदीमा २५ रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार छापावाला सुनमा रुपैयाँ ७०० ले बृद्धि भएर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




