
काठमाडौं, २ पुस । नेपाली बजारमा दुईदिन लगातार सुनको भाउ उकालो लागेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आएको बजार भाउको परिवर्तनसंगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

साताको सुनको कारोबार हुने अन्तिम तथा छैटौं दिन छापावाला सुनमा एकैदिन रुपैयाँ १००० ले बृद्धि भएको छ । चाँदीमा पनि यसदिन १५ रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १००० ले बृद्धि भएर प्रतितोला रुपैयाँ ९४ हजार पुगेको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीकाे भाउ १५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।








रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




