नेशनल लाइफ इन्स्योरेन्सद्वारा वरिष्ठ अभिकर्तालाई सम्मान

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम गरेको छ । यही पुस २ र ३ गते पोखराको ग्रान्डी होटलमा सञ्चालन भएको अभिकर्ता वार्षिक कार्यक्रमअन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

देशभरबाट आर्थिक वर्ष ०७७÷७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले ‘सम्मान एवं चियरपर्सन क्लब सदस्यता ०७७/७८’ प्रदान गरिन् । उक्त कार्यक्रममा देशभरबाट आ.व. ०७७/७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सञ्जालको आधारमा प्रथम, द्वितीय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भपेन्द्र क्षेत्री द्वितीय र युवराज वास्तोला तृतीय भएका हुन् । यस्तै अभिकर्ता सञ्जालको आधारमा निलु पूर्वे प्रथम, रत्नबहादुर खत्री द्वितीय र टीकाप्रसाद खरेल तृतीय भएका हुन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रममा स्वागत मन्तव्य दिँदै कम्पनीले अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष सिंहले यस्ता कार्यक्रमहरुबाट देशभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने बताइन् । उनले कम्पनीको हालसम्मको समग्र वित्तीय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यवसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल बताइन् ।

कार्यक्रममा उनले एक नयाँ बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो नयाँ बीमा योजनाबाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले आयस्रोतको रुपमा उपलबध हुने बिमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।