बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउमा भने यसदिन कुनै घटबढ भएको छैन ।

छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुन प्रतितोला २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन आईतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने यसदिन स्थिर रहि आईतबारकै भाउमा खरिदबिक्री भएको छ । चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा खरिदबिक्री भईरहेको महासंघले जनाएको छ ।