
पोखरा ५ पुस । एघारौं पोखरा महोत्सव पुस २८ देखि माघ ९ गते सम्म आयोजना हुने भएको छ ।
आयोजक युनाइटेड क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष एवं महोत्सव संयोजक राजु श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
अमरसिंह माविको खेल मैदानमा आयोजना हुने महोत्सव १२ दिन सम्म चल्ने छ । प्रचार प्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले २ सय ४६ स्टल मध्ये सबै स्टल बुकिङ भइसकेको बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाई छ ।
क्लबले पचभैया सामुदायिक बन क्षेत्रमा चिडियाघर निर्माणका लागि ५५ लाख ८५ हजार प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पवद्र्धनको क्षेत्रमा क्लबले कार्य गर्दै आइरहेको छ ।
महोत्सवमा विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्रि, हस्तकला, सूचना प्रविधिका साथै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी गरिने प्रचारप्रसार उपसमिति संयोजक थापाले बताए ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




