नेपालमा थपिए १०८१ जना कोरोना संक्रमित

-



     सफल आवाज    
     भाद्र २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपालमा बुधबार १ हजार ८१ जना थप काेराेना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा ११ हजार १ सय ६७ पीसीआर परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थप भएको जनाएका हुन् ।

योसहित नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार २५ छन् ।

गएको २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भए । यो सहित कोरोनाबाट निको हुने कुल संख्या ३३ हजार ८ सय ९२ जना छन् ।

हाल देशभर आईसीयूमा १ सय ६२ जना र भेन्टिलेटरमा २२ जना बिरामीको उपचार भइरहेको छ । क्वारेन्टिनमा ५ हजार ५ सय ८० जना बसिरहेका छन् ।

यस्तै, ५ सय बढी संक्रमित रहेका जिल्लाहरु मात्र ८ छन् । जसमा मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही हुन् । यस्तै संक्रमित शुन्य रहेका जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।