
फुङ्लिङ, ७ पुस । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ ।
जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको थियो ।
कार्यक्रम लागू भएका स्थानीय तहका पनि सबै वडा समेटिएका थिएनन् । अहिले यसअहिले छुटेका स्थानीय तह र वडाहरुमा कार्यक्रम क्षेत्र विस्तार गरिएको परियोजना अलैँची जोन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख निमित्त वरिष्ठ कृषि अधिकृत काशीराम पाण्डेका अनुसार क्षेत्र विस्तारसँगै अलैँची जोन कार्यक्रमअन्तर्गत जिल्लाको एक हजार २३८ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ ।
जोनको क्षेत्रभित्र गरिँदै आएको खेतीबाट सात सय ३०.५ मेट्रिकटन अलैँची उत्पादन हुने उनले जानकारी दिए। क्षेत्र विस्तार गर्नुअघि जोनअन्तर्गत जिल्लाको एक हजार ३० हेक्टर क्षेत्रफलमा अलैँचीखेती थियो । पछिल्लो पटक २०८ हेक्टर क्षेत्रफल विस्तार गरिएको जोनले जानएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




