
काठमाडौं, ७ पुस । उत्पादनमुलक क्षेत्रमा कर्जा प्रबाह नभएकोमा राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको तर, उत्पादनमुलक क्षेत्रमा कम कर्जा प्रबाह भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।
बुधबार आर्थिक पत्रकारहरुसँगको छलफलमा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पछिल्लो समय कर्जा विस्तार उच्च भए पनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको बताए । पत्रकारसँगको छलफलमा उनले भने, ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा होस भन्ने हो । तर, त्यसो हुन सकेन । अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भयो ।’
राष्ट्र बैंकले आयातमा गरिएको कडाइ लामो समयका लागि नभएको प्रष्टीकरण दिएको छ । पछिल्लो समय आयात आक्रामक रुपमा बढ्दा त्यसको असर मुलुकको अर्थतन्त्रमा नकरात्मक परेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको जनाएको हो ।
राष्ट्र बैंकका विभागीय प्रमुख रामु पौडेलले बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता)को अभाव रहेको र विदेशी विनिमय सञ्चिति धेरै घटेकाले यस्तो व्यवस्था गरिएको बताए ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




