
दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वली रहेका छन् । दुर्घटनामा परी घाइते भएका वलीकाे उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
कपिलवस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुतर्फ जाँदै गरेको रा १ च ९६६२ नम्वरको जिप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका ३ मुसोटमा दुर्घटना हुँदा घाइते पाँचजना घाइते भएका थिए । जसमध्ये वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।
दुर्घटनामा परी तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका खड्काले बताए । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




